एकीकृत कारोबारको लागि बैंकिङ्ग सेवा बन्द गर्दै नबिल र एनबी बैंक

  २०७९ असार २३ गते ९:२९     विकासन्युज

काठमाडौं । नबिल र नेपाल बङ्गलादेश (एनबी) बैंकको बैंकिङ्ग कारोबार केही दिनका लागि बन्द हुने भएको छ । नबिलले एनबीलाई गाभेसँगै दुई बैंकबीच एकीकृत कारोबार गर्नको लागि एनबीको बिहीबारदेखि र नबिलको शुक्रबारदेखि बैंकिङ्ग सेवा तथा कारोबार बन्द हुन लागेको हो ।

दुई बैंकले आगामी असार २७ गते एकीकृति कारोबार गर्दै छन् । त्यसको लागि दुबै बैंकको सम्पूर्ण तथ्यांकलाई एकल बैंकिङ्ग सफ्टवेयरमा सामायोजन अर्थात डेटा माइग्रेसन गर्नुपर्ने हुन्छ । सो प्रयोजनको लागि नबिल बैंकको असार २४ गते शुक्रबारदेखि र एनबी बैंकको असार २३ गते बिहीबारदेखि आगामी असार २७ सोमबार(बिहान कार्यालय समय अगाडि) सम्म सम्पूर्ण बैंकिङ्ग सेवा बन्द हुने छ ।

साथै, असार २५ गते सार्वजनिक बिदाको दिन सञ्चालन हुने सम्पूर्ण काउन्टर तथा अन्य सेवा बन्द हुने समेत बैंकले जानकारी गराएकोे छ । तर, उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड तथा प्रिपेड कार्ड र एनबी बैंकको पनि क्रेडिट भने सञ्चालनमा रहने छ ।

यससँगै साविक एनबी बैंकले जारी गरेको विभिन्न कार्डहरु असार २७ गते बिहान कार्यालय समय पश्चात सूचारु हुने छ । र, ती सबै कार्डहरु क्रमिक रुपमा प्रतिस्थापन गर्न ग्राहकलाई सूचित गरी नयाँ कार्ड उपलब्ध गराइने नबिल बैंकले जनाएको छ ।

एनबी बैंकबाट जारी भएका चेकलाई प्रतिस्थापन नगरेसम्म नबिले बैंकले स्वीकार गर्ने समेत जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.