४/१२ को नीति खारेज गर्ने बेला भएको छैन : अध्यक्ष तुलाधर

  २०७९ असार २१ गते १६:५२     विकासन्युज

काठमाडौं । नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले तत्काल सेयर धितो कर्जामा गरिएको ४/१२ करोडको नीति खारेज गर्ने बेला नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हाल ४/१२ को नीति खारेज गर्न आवश्यक नरहेको बताएका हुन् ।

मौद्रिक नीति मार्फत उक्त नीति हटाउन चौतर्फी दबाब आईरहेको अवस्थामा अध्यक्ष तुलाधरले भने यसलाई यथावत् राख्नुपर्ने बताएका हुन् । गुणविल फाइनान्सका सीईओ समेत रहेका उनले आगामी मोद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिँदै सो बताएका हुन् ।

साथै, उनले कर्जा बढाउन पनि असम्भव रहेको धारणा राखेका छन् ।

‘अहिले कर्जा बढाउन सकिँदैन, ८ प्रतिशतको आर्थिक वृद्धि शुन मुस्किल, ८ प्रतिशत पुर्याउन कर्जा बढाउनु पर्छ, कर्जा बढाउन अहिले असम्भव छ,’ उनले भने ।

त्यस्तै, कृषि कर्जामा भने सहुलियत बढाउनु पर्ने उनको भनाई छ । राष्ट्र बैंकले कृषि कर्जामा गरेको नीति के कति प्रभावकारी तथा सदुपयोग भएको छ यसमा अध्ययन गर्न आवश्यक रहेको तुलाधरको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.