ब्रिटिस कलेजको नलेज पार्टनरमा मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल प्रतियोगिता हुँदै

  २०७९ असार २१ गते १५:३७     विकासन्युज

काठमाडौं । ब्रिटिस कलेजको नलेज पार्टनरमा मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको दोस्रो संस्करण आयोजना हुने भएको छ । फोलिज् इन्टरनेशनलको आयोजनामा सन् २०२२ अन्तर्गत सो प्रतियोगिता सम्पन्न हुन लागेको आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

जुलाई १६ मा द ब्रिटिस कलेज थापाथलीमा सर्टलिस्टमार्फत प्रतियोगीहरु छनौट हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १६ देखि २१ वर्षका युवायुवतीहरु सहभागी हुन पाउने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा पहिलो हुनेले ब्रिटिस कलेजको तर्फबाट २० लाख बराबरको छात्रवृत्ति प्राप्त गर्ने र आयोजकको तर्फबाट १ लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ ।

त्यस्तै प्रतिस्पर्धामा फर्स्ट रनर अप हुनेले बिृटिस कलेजको तर्फबाट १५ लाख सम्मको छात्रवृत्ति र सम्पूर्ण सहभागीहरुले बृटिस कलेजमा अध्ययन गर्दा पहिलो वर्षको लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेहहरुले १५ हजार शुल्क बुझाएर सहभागी हुन सक्नेछन् । पहिलो चरणको अडिसनमा सहभागी हुन मिस्टर एण्ड मिस टिन नेपालको फेसबुक पेजमा गएर अनलाइन फाराम भर्नुपर्ने आयोजकले जनाएको छ ।

जुलाई १६ गते आयोजना हुने अडिसनबाट छनौट भएका प्रतियोगिहरुलाई विभिन्न तालिम, सेमिनार तथा प्रोजेक्ट वर्कमा सामेल गराई बैयक्तिक विकास गराइने छ । अन्तिम प्रतियोगितामा विजय हुनेले पुरस्कार र छात्रवृत्ति पाउनुको १० अक्टुबर २०२२ मा आयोजना हुने टप मोडल अफ युनिभर्समा सहभागी भएर प्रतिस्पर्धा गर्न पाउनेछन् ।

फोलिज इन्टरनेशनले मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको आयोजना पहिलोपटक सन् २०१७ मा आयोजना गरेको थियो । अहिले हुन लागेको उक्त कार्यक्रम दोस्रो संस्करण हो । सन् २०१७ मा सञ्चालन भएको प्रतियोगितामा मिस्टर टिन वर्ल्ड नेपाल शिर्षक बिजेता पंकज सिंह ठकुरी ब्राजिलमा फर्स्ट रनर अप भएका थिए भने मिस टिन वल्र्ड नेपाल शिर्षक विजेता स्वस्ती बैद्यले बेष्ट स्माइल तथा बेष्ट नेशनल कस्ट्युम हात पारेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.