११ लघुवित्तको निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा माथि, कुनको कति ?

  २०७९ असार २० गते १७:२४     विकासन्युज

काठमाडौं । सञ्चालित लघुवित्तमध्ये ११ वटा लघुवित्तको निष्कृय कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा ११ वटा लघुवित्तको निष्कृय कर्जा ५ प्रतिशतभन्दा बढी देखिएको हो ।

बैंकका अनुसार हाल ७० वटा लघुवित्त संस्थाहरु सञ्चालनमा छन् । जसमध्ये बुद्ध ज्योती लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी निष्कृय कर्जा अनुपात छ । २०७८ मसान्तमा संस्थाको उक्त अनुपात ८.८१ प्रतिशतमा रहेको बैंकले जानकारी गराएको छ ।

त्यस्तै, बढी अनुपात हुनेको दोश्रो सूचीमा नेरुडे लघुवित्त वित्तीय संस्था छ । जसको ८.३२ प्रतिशत निष्कृय कर्जा अनुपात रहेको छ ।

समीक्षा अवधिमा बिपिडब्लु र युनिक लघुवित्तको निष्कृय कर्जा अनुपात क्रमशः ७.८५ प्रतिशत र ७.४५ प्रतिशत पुगेको छ । त्यसैगरी, नेष्डोको ६.९७ प्रतिशत, सामुदायिकको ६.८६ र कालिकाको ६.२० प्रतिशत निष्कृय कर्जा अनुपात छ ।

यस्तो कर्जा अनुपात ५ देखि ६ प्रतिशतको हाराहारीमा हुनेमा ४ लघुवित्त रहेका छन् । जसमा सुपर लघुवित्तको ५.८८, मानुषी लघुवित्तको ५.८१, नेपाल एग्रोको ५.६० र आत्मनिर्भर लघुवित्तको ५.०७ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी गराएको छ ।

२०७८ असार मसान्तमा सञ्चालित ७० वटा लघुवित्त वित्तीय संस्थाहरुको औषत निष्कृय कर्जा अनुपात भने २.७२ प्रतिशत रहेको छ । जुन २०७७ असारसम्ममा २.०२ प्रतिशत मात्रै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.