एभरेष्ट बैंकको एक्सटेन्सन काउन्टर ललितपुरको मंगलबजारमा

  २०७९ असार १९ गते १९:१२     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर उद्घाटन गरेको छ ।

उक्त काउन्टरको उद्घाटन ललितपुर वडा नं. १६ का अध्यक्ष र्निमल रत्न शाक्य, ललितपुर चेम्बर अफ कर्मसका अध्यक्ष मनोज बहादुर न्याछोन र एभरेष्ट बैंकका सञ्चालक र्मला श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

सो समारोहमा स्थानीय व्यवसायी अजर मान जोशी, एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिजय कुमार गौतम, बैंकका बाग्मती प्रदेशका प्रादेशिक-प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतकोे उपस्थिती रहेको थियो ।

बैंकले हाल ११६ शाखा संजाल, प्रादेशिक कार्यालय, १५० एटीएमसहित मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.