कुमारी बैंकका ग्राहकलाई माया मेट्रो अस्पतालमा विशेष छुट

  २०७९ असार १५ गते १९:५५     विकासन्युज

काठमाडौ । कुमारी बैंकका ग्राहकलाई धनगढीको कैलालीस्थित माया मेट्रो अस्पतालमा विशेष छुट हुने भएको छ । दुई संस्थाबीच बैंकका ग्राहकलाई माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट दिने समझदारी भएको हो ।

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, एन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटि, अम्बुलेन्स सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले हाल १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४५ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.