सानिमा जनरल इन्स्योरेन्सलाई मर्जर तथा प्राप्तिको लागि बाटो खुला

  २०७९ असार १५ गते १९:१५     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सलाई मर्जर तथा प्राप्तिको लागि बाटो खुला भएको छ । असार १५ गते सम्पन्न इन्स्योरेन्सको विशेष साधारण सभाले कम्पनीलाई मर्जर तथा प्राप्तिको लागि सम्पूर्ण अख्तियारी दिएसँगै इन्स्योरेन्सलाई बाटो खुला भएको हो ।

इन्स्योरेन्सको विशेष साधारण सभा असार १५ गते काठमाडौंको धुम्वाराहीस्थित धुम्रबराह पार्टी प्यालेसमा सम्पन्न भएको हो । जसको अध्यक्षता इन्स्योरेन्सका अध्यक्ष खेमराज लामिछानेले गरेका हुन् ।

उक्त सभाले कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन (डीडीए) गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.