मंगलबार एशियन लाइफको सर्वाधिक कारोबार, जीवन बीमा समूह बाहेक सबै राताम्मे

  २०७९ असार १४ गते १५:२२     विकासन्युज

काठमाडौं । सेयर बजार घट्ने क्रम जारी छ । मंगलबारको बजारमा पनि नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६१ प्रतिशतले घटी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । पछिल्लो दुई दिनमै सेयर कारोबार ५२ प्रतिशतले घटिसकेको छ । गत आइतबार २ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार १ अर्ब ५ करोडमा सीमित भएको छ ।

मंगलबार सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारसँगै इन्स्योरेन्सको सेयर मूल्य पनि बढेको छ । इन्स्योरेन्सको सेयर मूल्य २७ रुपैयाँले बढेर प्रतिकित्ता ५७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) रहेको छ ।  कम्पनीको एकैदिन ५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, तेश्रोमा नागरिक लगानी कोष र चौथोमा नेपाल पुनर्बीमा कम्पनी रहेका छन् । यी दुईको क्रमशः ५ करोड ३४ लाख र ४ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

घटेको बजारमा पनि सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो दिनको तुलनामा संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८७१.७० रुपैयाँ पुगेको छ ।

बजारमा लाइफ इन्स्योरेन्स समूहबाहेक सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह भने ९६.९० अंकले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.