बोर्डको पत्रकार सम्मेलनपछि लगानीकर्ताले भने- ‘धितोपत्र बोर्ड मुर्दावाद’

  २०७९ असार ७ गते १८:१४     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको माग सम्बोधन गर्नको लागि राखेको पत्रकार सम्मेलनपछि लगानीकर्ताहरु नारावाजीमा उत्रिएका छन् । उनीहरु धितोपत्र बोर्डले आफ्ना मागहरु पुरा गर्न कुनै तदारुकता नदेखाएको भन्दै नारावाजीमा उत्रिएका हुन् ।

उनीहरु पत्रकार सम्मेलन सकिएपछि बाहिर ‘धितोपत्र बोर्ड मुर्दावाद’, ‘लगानीकर्ताको माग पुरा गर’ लगायतका नारा लगाएर नारावाजीमा उत्रिएका हुन् । उनीहरुले विभिन्न १९ वटा माग राखेका छन् ।

बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताका सबै माग तीन महिनाभित्रमा कार्यान्वयन गरिने भनेपछि तत्काल नगरेको भन्दै लगानीकर्ताहरु नारावाजीमा उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.