भूमि विभागले भन्यो : वर्गीकरण नभएको जग्गा पनि बैंकमा धितो बन्धक राख्न दिनु

  २०७९ असार ७ गते १५:२३     विकासन्युज

काठमाडौं । वर्गीकरण नभएको जग्गा पनि बैंकमा धितो बन्धक राख्न व्यवस्था गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले परिपत्र जारी गरेको छ ।

विभागले मंगलबार एक परिपत्र जारी गर्दै भूमिसुधार तथा मालपोत कार्यालयहरूलाई बैंकमा जग्गा धितो बन्धक राख्न जग्गा वर्गीकरण नपर्ने व्यवस्था मिलाउन परिपत्र जारी गरेको हो ।

असार ५ गते सर्वोच्च अदालतले जग्गा वर्गीकरण नगरी बैंकबाट जग्गा धितो बन्धक नगर्न गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.