मन्त्री आलेलाई तत्काल बर्खास्त गर्न पर्यटन व्यवसायीको माग

  २०७९ असार ६ गते १४:१३     विकासन्युज

काठमाडौं । तीन व्यवसायी संगठनले संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेलाई तत्काल बर्खास्त गर्ने माग राखेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय व्यवसायीले मन्त्री आलेलाई तत्काल बर्खास्ता गर्न माग राखेका हुन् ।

मन्त्री आलेले गरिमामय पदमा बसेर पछिल्लो समय देखाएको हर्कतप्रति असन्तुष्टि व्यक्त गर्दै उनीहरुले उनलाई बर्खास्त गर्न माग गरेका हुन् ।

उनीहरुले मन्त्रालयले पछिल्लो समय गरेको कामहरु प्रति गर्व भए पनि मन्त्री आलेले देखाएका गुण्डागर्दी व्यवहार असभ्य भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.