महालक्ष्मी लाईफले अभिकर्तालाई दियो प्रशिक्षण

  २०७९ असार ६ गते १३:१९     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘साइन्स अफ सेल्स’ सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश अन्तर्गतका शाखा र उपशाखाको अभिकर्ताहरुलाई विक्री कला सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले कम्पनीले उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरेको जनाएको छ ।

३०० भन्दा बढी अभिकर्ता र एजेन्सी म्यानेजर, शाखारउपशाखा प्रमुख र प्रधान कार्यालयका उच्च पदस्थ अधिकृतहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा लाईफ चेन्जर मोटिभेसनल प्रशिक्षक राजाबाबु साहले जीवन बीमामा संभावित वीमितको पहिचान, उनीहहरुसँग गरिने व्यवहार, विक्री कार्यलाई सफल कार्यान्वयन गर्ने बारेमा प्रशिक्षण दिएका थिए । यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सफल अभिकर्ता हुन र बीमा व्यवसाय प्रबर्द्धन गर्न चाल्नु पर्ने कदम बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको संचालन कम्पनीका वागमती क्षेत्रिय प्रमुख राम प्रसाद भुसालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.