यूएईका राजकुमार र प्रसाईं बिजनेस पाटर्नर, सुनको लौरो सरकारलाई हस्तान्तरण गर्ने

  २०७९ असार ५ गते ११:४७     विकासन्युज

काठमाडौं । शनिबार संयुक्त अरब इमिरेट्स (यूएई) राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेको केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई एउटा उपहार दिए । उपहार थियो सुन जस्तै देखिने लौरो । राजकुमारले नेपालका एक सामान्य मेडिकल व्यवसायीलाई सुनको लौरो नै उपहार दिएपछि अहिले सामाजिक सञ्जालमा सो विषयले निकै प्राथमिकता पाएको छ ।

सो उपहारको विषयलाई लिएर ती राजकुमार र प्रसाईंको सम्बन्धसँगै सुनकाे लौरो उपहार दिनु पछाडिको कारण पनि धेरैले बुझ्ने प्रयास गरेका छन् । सुनको जस्तै धातु देखिने लौरोको विषयमा अहिले चौतर्फि आलोचना पनि भइरहेको छ ।

धेरैले राजकुमार र प्रसाईंबीच व्यवसायिक सम्बन्ध पनि रहेको चर्चा गरेका छन् भने कतिपयले भन्सारसँग सम्बन्धित विषय पनि उल्लेख गरेका छन् । सुनकाे लाैराे कति केजीको हो ? त्यसको मूल्य कति पर्छ ? भन्सार शुल्क तिरेको छ वा छैन ? लगायतका विषयहरु सामाजिक सञ्जालमा देखिनसक्नु छ ।

तर, व्यवसायी दुर्गा प्रसाईं भने त्यो लौरो सुनको हो वा होइन भन्ने विषयमा नै अन्योलमा छन् । ‘सुनको लौरो हो कि के हो पहेँलो देखिएको छ, उहाँले लौरो दिनुभएको छ, मैले सुनको हो कि के हो सुध्ने कुरा भएन,’ उनले भने ।

यस्तै, उनले उनले सो लौरो राज्यलाई बुझाउने घोषणा गरेका छन् । ‘मैले गृहमन्त्रीलाई पनि भनिसकेको छु, राज्यलाई आवश्यक भए उपहार स्वरुप दिन्छु, मैले पनि उपहार पाएको हो, गृहमन्त्रीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर लैजान्छु भन्नुभयो, यसअघि कसैले पनि पाएका थिएनन, मैले पाएँ,’ उनले थपे ।

उनले यसअघि राजनीतिक दलका नेता तथा प्रधानमन्त्रीहरु कसैले पनि राज्यलाई उपहार नदिएको भन्दै आफूले पाएको लौरो दिने राज्यलाई दिने घाेषणा गरेका हुन् ।  यस्तै, उनले राजकुमार आफ्नो बिजनेस पाटर्नर भएको पनि खुलाएका छन् ।

राजकुमार मोक्तुमले शनिबार श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका थिए । राजकुमारलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए । सो स्वागतका क्रममा उनले सुन जस्तो देखिने लौरो प्रसाइंलाई हस्तान्तरण गरेका थिए ।

भन्सारको रेकर्डमा देखिएन 

राजकुमार मोक्तुमले ल्याएको सुनको लौरो भन्सारको रेकर्डमा भने नदेखिएको बुझिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार भन्सारमा चेकजाँच गर्दा सो लौरो देखिएको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईंले राजकुमारले ल्याएको भनिएको लौरो आफुहरुलाई जानकारी नभएको बताए ।
‘सुन जस्तै लौरो हामीले पनि सामाजिक सञ्जालमा देख्यौं तर हाम्रोमा कुनै रेकर्ड देखिएको छैन, यस विषयमा विस्तारै खुल्ला, ससुनकै हो भन्ने पनि यकिन छैन,’ उनले भने ।

भिडियाे :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.