बीमा कम्पनीको पुँजी घटाउन प्राधिकरणले आदेश दिन सक्ने

  २०७९ असार २ गते १९:१८     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीको चुक्ता पुँजी घटाउन आदेश दिन सक्ने अधिकार दिइएको छ । विहीबार अर्थसमितिबाट पारित बीमा विधेयकको दफा ३८ मा उक्त व्यवस्था गरिएको छ ।

प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले दुई अवस्थामा बीमकको चुक्ता पुँजी घटाउन आदेश दिन सक्ने विधेयकका लेखिएको छ । बीमा कम्पनी समस्यग्रस्त परेको देखिएमा र बीमाको पोर्टफोलिया मध्ये कुनै प्रकारको बीमाको इजाजत खारेज भएमा चुक्ता पुँजी घटाउन प्राधिकरणले आदेश दिन सक्नेछ ।

संसदबाट पारित हुने क्रममा रहेको विधेयकका बीमकको चुक्ता पुँजी तोकिएको छैन । ‘बीमकको न्यूनतम चुक्ता पुँजी प्राधिकरणले समय समयमा निर्धारित गरे बमोजिम हुनेछ’ भनिएको छ ।

तोकिएअनुसार चुक्ता पुँजी कायम गर्न नसक्ने बीमकको लाइसेन्स निलम्बन गर्ने अधिकार प्राधिकरणलाई दिइएको छ । विहीबार अर्थसमितिले विधेयकलाई अन्तिम रुप दिएकोले यहि बजेट अधिबेशनबाट पारित हुने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.