बीमा प्राधिकरण विधेयक अर्थसमितिबाट पास, सञ्चालक समितिले निरन्तरता पाउने

  २०७९ असार २ गते १६:५८     विकासन्युज

काठमाडौं । २४ वर्षअघि संशोधन प्रक्रियामा रहेका बीमा ऐन संशोधन सम्बन्धि विधेयक अर्थसमितिबाट पारित भएको छ ।

अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा विहीबार बसेको बैठकले विधेयकलाई समितिबाट पास गरेको हो । यो विधेयक भोलि नै संसदमा पेश हुने सभापति दाहालले बताए ।

विहीबारको छलफलबाट विधेयकमा ठूलो परिवर्तन नगरिएको उनले बताए । ‘पहिला नै धेरै विषय टुङ्गिएका थिए । आज अन्तिम निर्णय भएको हो’ सभापति दाहालले भने ।

उक्त विधेयकलाई प्रतिनिधि सभाले पहिला राष्ट्रिय सभामा पठाउने र त्यसपछि प्रतिनिधिसभाबाट अनुमोदन हुने उनले बताए । बजेट अधिबेशनको अवधिमा नै उक्त विधयेक पारित गराउन आफूहरुले अनुरोध गर्दै आएको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।

२४ वर्ष अघिदेखि नै बीमा ऐन संशोधनको प्रक्रिया थालनी भएको बताउँदै अर्थसमितिबाट विधेयक पारित भएपछि उत्साह थपिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । बीमा क्षेत्रमा समसामहिक सुधारका लागि २०४९ सालमा बनेको पुरानो बीमा ऐन बाधक बन्दै आएको जानकारहरु बताउँछन् ।

यो विधेयक २ वर्षअघि नै पारित हुने चरणमा पुगेको थियो । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले बीमा समितिको तत्कालिन अध्यक्ष चिरञ्जीवि चापागाईप्रति पूर्वाग्रह राखेर विधेयक पारितसँगै बीमा समितिको सञ्चालक समिति भंग गराउन प्रयास गरेपछि विधेयक अगाडि बढ्न सकेको थिए । अर्थसमितिबाट पारित विधेयकमा बीमा समितिको सञ्चालक समितिले बीमा प्राधिकरणमा निरन्तरता पाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.