गोर्खा इको प्यानलको शाखा कार्यालय पुतलीसडकमा

  २०७९ जेठ ३० गते १५:३८     विकासन्युज

काठमाडौं । गोर्खा इको प्यानलले काठमाडौंको पुतलीसडकमा पनि शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको छ ।

भक्तपुरसम्म आउन नपर्ने गरी ग्राहकको सुविधाको लागि पुतलीसडकमा शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवारले बताए ।

कम्पनीको भक्तपुरको राधेराधे मध्यपुर थिमिमा मुख्य कर्पोरेट कार्यालय रहेको छ । शाखा कार्यालयबाट माग अनुसार इको प्यानलको बुकिङ गर्ने, विल काट्ने, इको प्यानलबारे जानकारी लिनेलगायतका सम्पर्ण सेवासुविधाहरु हुने जनाइएको छ ।

गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । नेपालमै बनेको यो पहिलो इको प्यानल पनि हो । यो आईएसओ सर्टिफाइ पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.