बालेन भन्छन् : काठमाडौं महानगरमा डेढ वर्षभित्र विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुन्छ

  २०७९ जेठ २९ गते १०:०६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौं महानगर क्षेत्रमा विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् । आइतबार काठमाडौं महानगरको कार्यपालिका बैठकमा उनले यस्तो बताएका हुन् ।

शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको बताएका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.