बिओकेका ग्राहकले अन्नपूर्ण केबल कारको टिकटमा १० प्रतिशत छुट पाउने

  २०७९ जेठ २७ गते १८:१३     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) का ग्राहकले अन्नपूर्ण केबल कारको टिकट खरिदमा १० प्रतिशत छुट पाउने भएका छन् । जसको लागि बैंक र अन्नपूर्ण केबल कार प्रा. लि. बिच सम्झौता भएको हो ।

यससँगै बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्वाईप तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद गरी भुक्तानी गर्दा बैंकका ग्राहकले सो मात्राको छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

पर्यटकियनगरी पोखरामा रहेको यस अन्नपूर्ण केबल कारले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आईरहेको छ ।

त्यस्तै, बैंकले हालसम्म १०१ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.