गरिमा विकास बैंकका ग्राहकलाई सोल्टी होटलमा विशेष छुट

  २०७९ जेठ २७ गते ११:५६     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले सोल्टी होटलसँग विभिन्न सेवा सुविधामा छुट सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकहरुले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगंजमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १० प्रतिशत छुट पाउन सक्नेछन् ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.