यस्ता छन् मन्त्रिपरिषद्का २२ निर्णय

  २०७९ जेठ २४ गते १७:४२     विकासन्युज

काठमाडौं । सरकारले विश्व बैंकबाट हरित उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने १०० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

त्यसैगरी, बैठकले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

बैठकले हप्तामा दुई दिन लागू गरिएको सार्वजनिक बिदा असार १ गतेदेखि खारेज गर्नेसहितका २२ निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.