माछापुच्छ्रे बैंकले चन्द्रागिरिमा गर्यो वृक्षारोपण

  २०७९ जेठ २३ गते ११:३५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रै बैंकले चन्द्रागिरि नगरपालिका वडा नं. ३ स्थित सेती देवी, दुमाल डाँडा, जेसिज वनमा वृक्षारोपण गरेको छ । बैंकले विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २२ गते उक्त स्थानमा वृक्षारोपण गरेको हो ।

बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन जेसिज थानकोट र लुम्बिनी वल्र्ड पिस फोरमसँगको सहकार्यमा दश लाख वृक्षारोपण अभियान अन्तर्गत विश्व वातावरण दिवसको अवसरमा उक्त वृक्षारोपण कार्यक्रममा सहभागी भएको हो ।

बैंकले बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै, बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम मार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.