‘खाने तेलको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार शुन्यमा झार्नुपर्छ’

  २०७९ जेठ २२ गते १६:५१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले खानेतेलमा गरेको व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल बनस्पति घ्यू तेल उत्पादक संघले आयोजना गरेको एक कार्यक्रममा उनले सरकारले गरेको हालको व्यवस्था खारेज गरेर भन्सार महसुल शुन्यमा झार्नुपर्नेमा जोड दिए ।

उनले नेपालमा उद्योग सञ्चालनका लागि जग्गा प्राप्तिदेखि अन्य धेरै समस्या रहेको भन्दै सरकारले हाल ल्याएको नयाँ व्यवस्सथाले नेपालका उद्योगहरु संकटमा पर्न सक्ने बताए ।

यस्तै, उनले तयारी वस्तुको मूल्य कच्चा पदार्थकाे भन्दा कमको नीतिले समस्या हुने, भारतबाट आयात गर्दा बढी भ्यालु एडिसन गर्नेलाई बढी प्रोत्साहन र कच्चा पदार्थ ल्याउँदा महँगो र तयारी वस्तु ल्याउँदा सस्तो पर्ने अवस्था रहेको बताए ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले तेलका कच्चा पदार्थको आयातमा १० प्रतिशत र तयारी तेल आयातमा ५ प्रतिशत भन्सार कायम गर्ने जनाएका थिए । सरकारकाे उक्त नीतिले तेलकाे कच्चा पदार्थको आयात गर्ने उद्योगलाई समस्या भएको भन्दै तेल उद्योगीले विरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.