तेलको कच्चा पदार्थ आयातमा भन्सार महशुल शून्य बनाउन बनस्पति घ्यू तेल उद्योगीको माग

  २०७९ जेठ २२ गते १६:२१     विकासन्युज

काठमाडौं । नेपाल बनस्पति घ्यू तेल उत्पादक संघले सरकारसँग तेलका लागि आवश्यक कच्चा पदार्थको आयातमा भन्सार छुटको माग राखेको छ ।

गत वैशाख १५ गते अर्थमन्त्री जनार्दन शर्माले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा भन्सार छुट नघटाएको भन्दै छुटको माग गरेको हो । संघले आइतबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै उपभोक्तालाई चरम मंहगीबाट राहत दिन भन्सार शुल्कमा छुट दिन आग्रह गरेको छ ।

उपभोक्ताहरुलाई चरम महंगीबाट राहत दिन, तयारी सामानभन्दा कच्चा पदाथएको कम्तिमा एक तह कमको भन्सार महशुल हुने नीतिलाई अवलम्बन गर्न र भारतबाट अनाधिकृृत रुपमा आयात भईरहेको खाने तेल रोक्नका लागि समेत कच्चा खाने तेलको आयातमा भन्सार महशुल शून्य बनाउन र अन्तशुल्क करमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेको छ ।

यस्तै, संघले कच्चा सोयाविन तेल, कच्चा सनफ्वालर, कच्चा पाम र पामोलिन, तोरीको गेडा आयातमा लाग्दै आएको भन्सार महशुल शून्य हुनुपर्ने माग राखेको छ । यसअघि सोयाविन, सनफ्लावर, पाम र पामोलिन तेलको कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार र तोरीको गेडा आयात गर्दा ५ प्रतिशत शुल्क लाग्दै आएको थियाे । उक्त व्यवस्था हटाएर भन्सारमा शुन्य शुल्क बनाउन संघले अाग्रह गरेकाे हाे ।

यस्तै, संघले सरकारले बिस्कुट तथा चाउचाउ उद्योगलाई ५ प्रतिशत भन्सार छुटमा प्रशोधित पाम र पामोलिन तेल आयातको अनुमति दिएको प्रति विरोध जनाएको छ ।

उक्त उद्योगलाई ५ प्रतिशत भन्सारमै तेलको कच्चा पदार्थ आयातको अनुमति दिएको भन्दै सरकारले उक्त नीतिले वनस्पपित घ्यू–तेल उद्योगहरु दीर्घकालसम्म प्रभावित हुने जनाएको छ ।

उपभोक्ताहरुलाई प्रत्यक्ष रुपमा राहत दिनका लागी खाने तेलको महशुल दर कम गर्नुको सट्टा अन्य उद्योगहरुलाई कम महशुल दरमा तयारी खाने तेल आयात गर्न दिने निति व्यवहारीक र विवेकपुर्ण नरहेको संघकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.