बीमा कम्पनीका सीईओहरुको भेला माल्दिभ्समा, खर्च सबै नेपाल पुनर्बीमा कम्पनीको

  २०७९ जेठ १७ गते १३:२७     विकासन्युज

सीईओहरुको ग्रुप फाेटाे

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको पाँच दिने भेला माल्दिभ्समा शुरु भएको छ । मंगलबारदेखि शुरु भएको भेला शनिवारसम्म चल्नेछ ।

भेलामा भाग लिन सबै इन्स्योरेन्स कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु माल्दिभ्स प्रस्थान गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीले आयोजना गरेको उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि भाग लिएका छन् ।

त्यस्तै, नेपाल पुर्नबीमा कम्पनीको अध्यक्ष, सञ्चालक समितिका सबै सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापनकहरु पनि माल्दिभ्स गएका छन । ‘हामी सबै जना चिल गाडी चडेर माल्दिभ्स जादैछौ’ शनिबार फर्कने कार्यक्रम छ’ पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले भने ।

बीमा कम्पनीका सीईओहरुलाई पुर्नबीमाको तालिम दिने भनेर नेपाल पुर्नबीमा कार्यक्रमले माल्दिभ्समा कार्यक्रम राखेको हो । हिमालयन रिकाे प्रवेशसँगै बढेकाे प्रतिस्पर्धाका कारण कम्पनीका सीईओहरुलाई रिफ्रेसमेन्ट गराउने उद्देश्यले पनि कार्यक्रम तय भएकाे बताइएकाे छ ।

‘केही समय अघि यस्तै कार्यक्रम चितवनमा गरिएको थियो । यस पटक विदेशमा गरौं, त्यो पनि नयाँ ठाउँमा गरौं भनेर माल्दिभ्समा कार्यक्रम राखिएको हो’ रायमाझीले भने । कार्यक्रमको सबै खर्च नेपाल पुनर्बीमा कम्पनीले गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.