गरिमा विकास बैंकले प्रहरीलाई दियाे रात्रिकालिन सूरक्षा बेल्ट

  २०७९ जेठ १७ गते ११:४९     विकासन्युज

काठमाडाैं । गरिमा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई सहयाेग गरेकाे छ । बैंकले प्रहरीलाई रात्रिकालिन सुरक्षा बेल्ट सहयाेग गरेकाे हाे ।

यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई हस्तान्तरण गरेका हुन् । बैंकले हरेक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आईरहेको छ ।

गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं सुरक्षित सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.