सुनसरीको झुम्कामा सेञ्चुरी बैंकद्वारा १०८ वटा क्यूआर वितरण

  २०७९ जेठ १७ गते १०:३९     विकासन्युज

काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा सुनसरीको झुम्का शाखाबाट १०८ वटा क्यूआर वितरण गरेको छ । उक्त क्यूआर वितरण बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले स्वयं ग्राहकहरुको पसलमा गएर वितरण गरेका थिए ।

यसका साथै बैंकले झुम्का शाखाको शताब्दी खाताको कारोबार गर्ने ग्राहक हर्षित रेलाई उपचार खर्च वापतको रकम समेत उपलब्ध गराएको छ । बैंकले शताब्दी खातामा ८.०३ प्रतिशतको उच्चतम व्याजदरका साथै ७ लाखसम्मको निःशुल्क बीमा सुविधा प्रदान गर्ने गरेको छ ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।

बैंकको कुल शाखा संख्या १४४े छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.