नेपालमा जावा फोर्टी–टु स्पोर्ट्स स्ट्राईप, ७ लाख ५८ हजार पर्ने

  २०७९ जेठ १७ गते १०:०६     विकासन्युज

काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले जावा फोर्टी–टु परिवारमा एक नयाँ सदस्यको आगमन गराएको छ ।

अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइटमा उपलब्ध स्टाइलिङ र प्राविधिक पक्षमा विशिष्ट मानिने जावा ४२ स्पोर्ट्स स्ट्राईपको अनावरण गायक सुशान्त के।सीले मंगलबारका दिन जावा मोटरसाइकलको शोरुम, उत्तरढोकामा गर्नुका साथै सोही अवसरमा प्रि–बुकिङ्ग गरिएका बाईकहरु वितरण पनि गरेका थिए ।

स्पोर्ट्स स्ट्राईप मोडलका सबै मोटरसाइकलमा विविध आन्तरिक समायोजनहरु गरिएका छन्, जसमध्ये २९३ सीसी बीएस–सिक्स लिक्विड कुल्ड, फ्युल–इन्जेक्टेड इन्जिनले हाल २७।३३ पीएस पावर र २७।०२ एनएम टर्क उत्पादनको क्षमता राख्दछ । यो पहिलो क्रस पोर्ट लेआउट भएको सिंगल सिलिन्डरयुक्त​इन्जिनले जावाको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्दछ ।

यसमा सानोभन्दा सानो इनपुटहरुलाई पनि ध्यानपूर्वक​राम्रो ईन्धनको माध्यमबाट प्रतिक्रिया दिनका लागि थ्रोटल रेस्पोन्सलाई थप तीखो बनाइएको छ । त्यसैगरी, १३–स्पोक एलोय ह्वीलले यस मोटरसाइकलको ‘स्पोर्टी क्लासिक’ व्यक्तित्वलाई उल्लेखनीय रूपमा प्रस्तुत गरेको हुनाले यसले क्लासिक मोटरसाइकल प्रेमीहरुलाई आकर्षित गर्ने विश्वास राखिएको कम्पनीले जनाएकाे छ ।

जावामा सिटलाई नयाँ सिट प्यानका साथै लामो सवारीमा थप आरामदायी बनाउन कुशनिङको साथ पुनः इन्जिनियर गरिएको छ । साथै, रिट्युन गरिएको सस्पेन्सन र फ्रेम सेटअप, ट्वीन एग्जस्ट र कन्टिनेन्टलद्वारा एबीएसले सुसज्जित उत्कृष्ट स्तरको ब्रेकिङ प्रणालीले प्रतिस्पर्धीहरुबीच सबैभन्दा छोटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणको अनुभूति दिलाउने कम्पनीकाे दावी छ ।

हाल ७ लाख ५८ हजार रुपैयाँ तोकिएको जावा ४२ स्पोर्ट्स स्ट्राईप जावा मोटरसाइकल प्रेमीहरूले आफूलाई पायक पर्ने जावा मोटरसाइकलको विभिन्न शाखा र डिलरहरुमार्फत​सहजै नेपाल भर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.