हवाई पूर्वाधारमा १२ अर्ब, पर्यटनमा ९ अर्ब

  २०७९ जेठ १५ गते २१:४३     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा हवाई पूर्वाधार निर्माणमा १२ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । मन्त्री शर्माका अनुसार हवाई पूर्वाधार निर्माणमा सरकारले आगामी आर्थिक वर्षमा १२ अर्ब २४ करोड रुपैयाँ बजेट खर्च गर्दैछ ।

यस्तै, सांस्कृति सम्पदा पुननिर्माणमा २ अर्ब रुपैयाँ, पर्यटन पूर्वाधार विकास कार्यक्रम ९० करोड रुपैयाँ र ग्रेट हिमालयन ट्रेलको लागि ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री शर्माले जानकारी दिए । सरकार टीआईएको दोस्रो टर्मिनल बनाउन २ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । हवाई पूर्वाधार बाहेक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कुल बजेट ९ अर्ब ३८ करोड रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.