मानव कल्याण समाजलाई माछापुच्छ्रे बैंकको सहयोग

  २०७९ जेठ १३ गते १८:२५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले भक्तपुरको चाँगुनारायणस्थित रहेको ‘मानव कल्याण समाज’ नामक संस्थालाई २० थान वेड सिट लगायतका सामान हस्तान्तरण गरेको छ । बैंकले जेठ १३ गते एक कार्यक्रम आयोजना गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामान हस्तान्तरण गरेको हो ।

उक्त सामान माछापुच्छ्रे बैंकका बाग्मती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखा प्रमुख उज्वल श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

मानव कल्याण समाजले बेवारिसे सडक मानवको रुपमा खुल्ला आकाशमुनि आफ्नो जीवन व्यतित गरिरहेका विभिन्न उमेर समुहका वृद्धदेखि बालबालिका, शारिरिक रुपमा अशक्त व्यक्तिहरुलाई उद्धार गरि उनीहरुको संरक्षण गर्दै आएको छ । मानव कल्याण समाजले हाल देशका विभिन्न स्थानमा रहेका ५ वटा शाखाबाट २०० जना भन्दा बढीलाई गाँस, बास, कपास तथा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

विभिन्न संघ संस्था एंव व्यक्तिहरुले स्वेच्छिक रुपमा प्रदान गर्दै आएको सहयोगबाट संचालन भईरहेको मानव कल्याण समाजलाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो । यसअघि पनि बैंकले सामाजिक कार्यमा संलग्न विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.