जेहोस् हामीलाई निजगढ विमानस्थल चाहिन्छ : डा. भट्टराई

  २०७९ जेठ १३ गते १८:०३     विकासन्युज

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले सो विमानस्थलको विकल्प नरहेको तर्क समेत गरे । शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले वीरगंजजस्तो मुलुकको सबैभन्दा महत्वपूर्ण व्यापारिक नाकालाई काठमाडौंसँग जोडने सबैभन्दा भरपर्दो विमानस्थल निजगढ अन्तराष्ट्रिय विमानस्थल हुने भएकाले त्यसलाई रोक्ने काम सर्वोच्चबाट जसरी भएको छ, त्यसले नेपालको विकासमा ठूलो दूरगामी असर पार्ने बताए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले आन्तरिक पर्यटक पनि धान्न नसक्ने अवस्था भएकाले पनि आफू प्रधानमन्त्री भएकाले बेला सो परियोजनालाई राष्ट्रिय गौरवको परियोजनाको रुपमा अघि बढाएको पनि स्मरण गराए ।

‘जेहोस् हामीलाई यो चाहिन्छ, यो विमानस्थलविना काठमाडौंले त यहाँ आन्तरिक पनि धान्न नसक्ने अवस्था आईसक्यो, हामीलाई चाहिन्छ, टाढा पठाएर हुँदैन, विदेशीहरु आउने भनेको राजधानीमै हो, फेरी त्यो निजगढको अन्तराष्ट्रिय विमानस्थल भनेको वीरजंगजस्तो सबभन्दा महत्वपूर्ण हाम्रो व्यापारिक नाका हो, जहाँबाट काठमाडौंसँग सबभन्दा निकटको व्यापार सम्बन्ध हुन्छ, त्यसैले सामान ढुवानी गर्नका लागि पनि हामीलाई फाष्ट ट्रयाक लगायतको आवश्यक छ, रेलको आवश्यक्ता छ, एयरपोर्ट हुँदा न अन्तराष्ट्रिय र राष्ट्रिय यातायात, सञ्चार र ढुवानीको निम्ति मद्दत पुग्छ, त्यसो हुनाले त्योभन्दा बाहेक अन्यत्र उपयुक्त ठाउँ छैन, नेपालको विकासको निम्ति अहिले जुन घटना घटेको छ, यो घटनाले हाम्रो विकासलाई ठूलो दूरगामी असर गर्छ भन्ने हो,’ उनले भने ।

भट्टराईले नेपालको न्यायालय र प्रशासन संयन्त्र विकासमैंत्री नभएको पनि दोहोर्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.