निजी सवारी साधनको आयात प्रतितपत्र बन्द नगरौं : नाडा

  २०७९ जेठ १३ गते १७:५२     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले निजी सवारी साधनको आयात प्रतितपत्र बन्द नगराउन माग गरेको छ । शुक्रबार एक सूचना सार्वजनिक गर्दै नाडाले निजी प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतितपत्र खोल्ने कार्यलाई निरन्तरता दिन सरकारसँग माग गरेको हो ।

नेपालमा अटोमोवाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउँदै नाडाले नाडा प्रर्सपेक्टिभ अन करेन्ट सेनारियो-रेस्ट्रिक्सन अन इम्पोर्ट फर प्यासेन्जर अटोमोबाइल्स सार्वजनिक गरेको छ ।

‘१ खर्बभन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्ब ५० अर्व भन्दा बढी राजश्वमा योगदान पुर्याउँदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रुपमा १ लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दै आयातको तुलनामा झण्डै दोब्बर राजश्व उपलब्ध गराउने अटोमोबाइल क्षेत्रलाई नजर अन्दाजगरी सरकारले निजी प्रयोजनका कार, जीप र भ्यानलाई आउँदो आषाढ मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिवन्ध समेत लगाएको छ,’ नाडाको सूचनामा भनिएको छ ।

नाडाले केही दिन अघि मात्रै नीजि प्रयोजनका कार,जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत सुझाव समेत पेश गरिसकेको छ ।

नाडाले केही दिन अघि मात्रै निजी प्रयोजनका कार, जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत सुझाव समेत पेश गरिसकेको जनाएको छ । सार्वजनिक गरिएको नाडा प्रर्सपेक्टिभ अन करेन्ट सेनारियो-रेस्ट्रिक्सन अन इम्पोर्ट फर प्यासेन्जर अटोमोबाइल्सले नेपालको अटोमोवाइल्सबारे यथार्थ जानकारी सबैमा प्राप्त हुने अपेक्षा नाडाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.