प्रहरीले नै सामाजिक संजालमामार्फत चरित्र हत्या गरेपछि पक्राउ

  २०७९ जेठ १३ गते १३:०४     विकासन्युज

काठमाडौं । सामाजिक संजालको दुरपयोग गरी युवतीको चरित्रहत्या गर्ने २७ वर्षिय प्रहरी जवान पक्राउ परेका छन् । रौतहटका बासिन्दा रहेका कृष्ण कुमार यादव बुधबार पक्राउ परेका हुन् ।

यादवले पिडितलाई सामाजिक संजालमा साथी बनाइ म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा प्रलोभनमा पारी खिचेको तस्विरहरु सामाजिक संजालमा पोष्ट गर्छु भन्दै मानसिक तनाव दिएको आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको अनुसार उनलाई पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.