९६ प्रतिशत जनतालाई कोभिड खोप, ३८ लाखले पाए बुष्टर

  २०७९ जेठ १० गते १६:३१     विकासन्युज

काठमाडौं । सरकारले ९६ प्रतिशत जनतालाई कोभिड विरुद्धको खोप लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व लिने समयमा खोप नै कोभिड विरुद्धको एक मात्र विकल्प भएको भन्दै खोप लगाउने कार्यलाई विशेष जोड दिने बताएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी सार्वजनिक गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खोप लगाउन मिल्ने उमेर समुहका ९६ प्रतिशत जनताले पहिलो मात्रा खोप लगाएको उल्लेख छ । यस्तै, ८५ प्रतिशत जनताले पूर्ण मात्रा खोप लगाएको उल्लेख गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा समावेश भएको तथ्यांक अनुसार सरकारले करिब ३८ लाख नागरिकलाई अतिरिक्त मात्रा (बुष्टर डोज) खोप लगाएको छ । सरकारले अग्रपंतिमा खटिने राष्ट्रसेवक कर्मचारी तथा अन्य सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारीलाई अतिरिक्त मात्रा खोप दिने नीति सरकारको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.