सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल शारामा विशेष छुट

  २०७९ जेठ ९ गते १८:१४     विकासन्युज

काठमाडों । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले पोखरामा अवस्थित होटल शारामा विशेष छुट पाउने भएका छन् । बैंक र होटलबीच सोमबार यसबारे सम्झौता भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी प्रमुख जानुका सुवेदी भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना,साउना,स्पा तथा पेय पदार्थमा १५ प्रतिशत तथा आवाशमा ३० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.