पुँजीमा दोस्रो र लाभांशमा पहिलो बन्ने नबिलको रणनीतिको छिनोफानो हुँदै

  २०७९ जेठ ७ गते ९:१५     विकासन्युज

काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेशलाई गाभ्ने प्रक्रियाको छिनोफानो आज हुने भएको छ । दुवै बैंकले मर्जर तथा एक्विजिसन भन्दै आज (शनिबार) का लागि विशेष साधारणसभा बोलाएका छन् । नबिल बैंकले बिहान ११ बजे गैरीधाराको सिल्भर ओक ब्यान्क्वेटमा सभा आह्वान गरेको छ भने नेपाल बंगालदेश बैंकले अडोटरियल हल, आर्मी अफिस क्लबमा बिहान ११ बजे नै विशेष सधारणसभा बोलाएका हो ।

दुवै बैंकले आज मर्जर तथा एक्विजिसननको प्रस्ताव पारित गर्नेछन् । नबिल बैंकको साधारणसभामा नेपाल बंगलादेशलाई गाभ्ने प्रस्ताव पेश हुने छ भने नेपाल बंगालदेश बैंकको सभामा नबिल बैंकमा गाभिने प्रस्ताव पेश हुने छ । प्रस्ताव पेश भएपछि साधारणसभाले त्यसको अख्तिारी प्रदान गर्नेछ वा अस्वीकार गर्नेछ त्यो भने हेर्न बाँकी नै छ । तर, नबिलमा एनबी गाभ्ने सबै विषय टुङ्गिसकेको छ । चालु आवभित्रै प्रक्रिया सक्ने दुवै बैंकको रणनीति छ ।

नबिल बैंकले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनको लागि मुल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टेण्ट्सबाट प्राप्त लक्षित संस्थाको सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याकन प्रतिवेदन बमोजिम सिफारिस गरिएको शेयर आदानप्रदान अनुपातमा व्यावसायिक अवसरहरू, व्यवसायको प्रतिष्ठा, कर्मचारीहरूको योग्यता, क्षमता, दक्षता तथा कार्यकुशलता, बजार उपस्थिति, मुनाफा वितरणको इतिहास, पछिल्लो शेयर बजार मूल्य समेतका विषयहरूको आधारमा नेपाल बङ्गलादेश बैंक लिमिटेडको १०० कित्ता शेयर वरावर उक्त कम्पनीका शेयरधनीहरुलाई नबिल बैंकको ४३ कित्ता (१ः०.४३) शेयर प्रदान गर्ने गरी नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव छ ।

यस्तो बन्नेछ बैंक

एनबी बैंकलाई गाभेपछि नबिल अधिकांश सूचकमा पहिलाे बैंक बन्नेछ । मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ । अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ ।

नबिलले एनबी बैंकलाई ४३ रुपैैयाँमा भाग्न लागेको हो । यी बैंक मर्ज भएपनि यस अघि मर्ज भएको ग्लोबल आइएमइर्ए बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ । नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ ।

हाल नबिल बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रूपैयाँ छ । यस्तै, एनबी बैंकको निक्षेप ८२ अर्ब २ करोड १५ लाख १७ हजार र कर्जा लगानी ७६ अर्ब २० करोड ९३ लाख १५ हजार रूपैयाँ छ ।

हालसम्म बढी लाभांश वितरणमा नबिल बैंक पहिलो बन्दै गएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभेर अझै पनि आफ्नो स्थान सुरक्षित बनाउने रणनीति छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.