सुदूरपश्चिमको सबैभन्दा ठूलो दल दुई पालिकामा सीमित

  २०७९ जेठ ६ गते १६:०१     विकासन्युज

काठमाडौं । सुदूरपश्चिमको सबैभन्दा ठूलो दल एकीकृत समाजवादी स्थानीय तह निर्वाचनमा दुई पालिकामा सीमित भएको छ ।

कुल ८८ स्थानीय तह रहेको यस प्रदेशमा एकीकृत समाजवादीले २ स्थानीय तहमा मात्रै निर्वाचित भएको हो ।

एकीकृत समाजवादीले विजय हासिल गरेका स्थानीय तह केदारस्युँ गाउँपालिका र कैलालीको घोडाघोडी नगरपालिका हुन् ।

कुल ५१ जना रहेको प्रदेश सभामा एकीकृत समाजवादीका १४ सांसद छन् । संसदमा बलियो उपस्थिति भए पनि स्थानीय तहको निर्वाचनमा कमजोर भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.