दोब्बर मतले बालेन अगाडी, पछ्याउँदै स्थापित र सिंह

  २०७९ जेठ ६ गते १४:२९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेय पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।

महानगरको वडा नम्बर १, २, ३, ४,५, २८, ३० र ३२ को मत गणना सकिदा बालेनले अग्रता कायम राखेका हुन ।

उक्त वडामा मतगणना सम्पन्न हुँदा बालेनले २८ हजार ८८२ मत ल्याएर अग्रता कायम राखेका हुन । उनी मतगणनाको सुरुवाती चरणदेखिनै अग्र स्थानमा रहेका छन् ।

उनलाई पछ्याउँदै एमालेका उम्मेदवार केशब स्थापितले पछ्याइरहेका छन् । बालेननले २८ हजार बढी मत ल्याउँदा स्थापितले १५ हजार ३१३ मत ल्याएका छन् । बालेन १३ हजार ५६९ मतले अगाडी रहेका छन् ।

यस्तै, स्थापीतलाई पछ्याउँदै बाम गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १४ हजार ७९८ मत पाएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.