पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

  २०७९ जेठ ६ गते ९:२५     विकासन्युज

गण्डकी । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २६ हजार ४११ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २३ हजार २४५ मत प्राप्त गरेका छन् । आचार्यले तीन हजार १६६ मतले अग्रता हासिल गरेका छन् ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट २६ हजार ६४४ मतसहित अघि हुनुहुन्छ भने एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५७८ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.