काठमाडौं महानगरपालिका २ मा एमालेको प्यानल नै विजयी

  २०७९ जेठ २ गते १०:०८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

वडा २ को वडाअध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ १३ सय ७९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२६ मत प्राप्त गरेका छन् । श्रेष्ठ दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि वडा नम्बर १ को वडा अध्यक्षमा एमालेकै भरतलाल श्रेष्ठ विजयी भएका छन् । यसअघि वडा नम्बर १ कै वडाअध्यक्ष रहेका श्रेष्ठ पुनः वडाअध्यक्षमा विजयी भएका हुन ।

उनले ६६२ मतसहित विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णलाल श्रेष्ठले ५९८ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.