बाराको देवतालमा झडप, मतदान रोकियो

  २०७९ वैशाख ३० गते ९:३०     विकासन्युज

काठमाडौं । बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद भएर झडप हुँदा मतदान नै रोकिएको छ ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.