बझाङको मतदान केन्द्रमा भेटियो शंकास्पद बस्तु

  २०७९ वैशाख ३० गते ७:१८     विकासन्युज

काठमाडौं । बझाङको एक मतदान केन्द्रमा शंकास्पद बस्नु राखिएको पाइएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको पाइएको हो ।

प्रेसकुकर बम जस्तो देखिने उक्त शंकास्पद बस्तु डिस्पोजल गर्न बिरभद्रजंग गुल्म पानकोटबाट नेपाली सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ ।

यस्तै बुंगल ८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा रङको बट्टा जस्तो शंकास्पद बस्तु भेटिएको र नेपाली सेना परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.