सुरु भयो स्थानीय तह निर्वाचन, एक करोड ७७ लाख मतदाता सहभागी हुँदै

  २०७९ वैशाख ३० गते ७:०६     विकासन्युज

मतदान गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया ।

काठमाडौं । १० हजार ७५६ मतदान केन्द्रमा मतदान केन्द्रमा एकैपटक निर्वाचन सुरु भएको छ । बिहान ७ बजे देशभर एकसाथ सुरु भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार देशभर २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।

सात सय ५३ स्थानीय तहका विभिन्न पदका लागि एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न आज मतदान हुँदैछ ।

उक्त केन्द्र मार्फत एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता मताधिकार प्रयोग गर्न लागेका छन् । जसमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.