बैंकहरुको ब्याजमा ४८ प्रतिशतको वृद्धि

  २०७९ वैशाख २८ गते १६:००     विकासन्युज

काठमाडौं । नौ महिनामा वाणिज्य बैंकहरुको निक्षेपको ब्याज ४८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरुको चैतसम्मकाे निक्षेपकाे ब्याज ४८ प्रतिशतले बढेको हो ।

२०७८ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.११ प्रतिशत रहेकोमा २०७७ चैतमा र कर्जाको भारित औसत ब्याजदर १०.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ४.७९ प्रतिशत र ८.६१ प्रतिशत रहेका थिए ।

यस्तै, बैंकहरुको कर्जाको ब्याज पनि २५.२० प्रतिशतले बढेको देखिन्छ । चालु आवको चैतसम्म कुल १०.७८ प्रतिशत रहेको बैंकहरुको ब्याज गत आर्थिक वर्षको चैतमा ८.६१ प्रतिशत थियो ।

बैंकहरुको आधार दर पनि ३२.८९ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ चैतमा ६.९० प्रतिशत रहेकोमा २०७८ चैतमा ९.१७ प्रतिशत कायम भएको छ ।

काठमाडौं । २०७७ चैतमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर २.७६ प्रतिशत रहेकोमा २०७८ चैतमा ७.५८ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ चैतमा २.०३ प्रतिशत रहेकोमा २०७८ चैतमा ६.९९ प्रतिशत रहेको छ ।

मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने भारित औसत अन्तर–बैंक (बैंक तथा वित्तीय संस्था) ब्याजदर २०७८ चैतमा ७.०० प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर २.०३ प्रतिशत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.