बैंकर्स संघकाे बैंकहरूलाई सुझाव : अहिले ब्याजदर बढाउन आवश्यक छैन, यथावत् राख्नु

  २०७९ वैशाख २८ गते १३:४१     विकासन्युज

काठमाडौं । जेठ महिनामा बैंकहरुको ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघले बैंकहरुलाई जेठ महिनामा ब्याज नबढाउन सुझाव दिएको हो ।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बैंकहरुलाई ब्याजदर नबढाउन सुझाव दिएको बताए ।

उनले अहिले ब्याजदर बढाउने स्थिती नदेखिएकोले बैंकहरुलाई ब्याजदर नबढाउन सुझाव दिएको बताए । तर, बैंकर्स संघको बैठक भने भोलि (बिहीबार) बस्दैछ । सो बैठकले ब्याजदरको विषयमा निर्णय गर्नेछ ।

अहिले बैंकहरुको ब्याजदर ११.०३ प्रतिशत छ । बजारमा बैंकहरुको ब्याजदर बढ्ने हल्ला थियो ।

गत साता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि ब्याजदर बढाउनु पर्ने स्थिति देखिएको बताएपछि कतिपयले ब्याजदर बढ्छ कि भन्ने अनुमान गरेका थिए । तर, बैंकहरुले भने अहिले ब्याज बढाउनु पर्ने आवश्यककता नदेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.