‘मिदी हुँ’ भन्दै टिकटक बनाउने पक्राउ : खास उनी म्यादी प्रहरी होइनन्

  २०७९ वैशाख २१ गते १९:१५     विकासन्युज

काठमाडौं । ‘मिदी हुँ’ भन्दै टिकटक बनाउने ‘भाइरल ब्वाइ’ टिकटकसँगै फेसबुक भाइरल छन् । म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर युट्युवलगयात सबै सामाजिक सञ्जालतिर छाएका छन् । आरोपितले उनकै भाषामा आफू मिदी प्रहरी भएको बताएका छन् ।

‘‘सागर, बसन्ते, किस्ने सबहरू नडरा न हो, तेरो दाइ मिदी भइसकेको छ, केटाहरू के खाना मन छ बाटोमै खा न हो… लड्न मन लागे लड, कसैलाई हान्न मन छ भने हान्दे… इन्स्पेक्टर त डराउँछ, नेपालको कानुन डराउँछन् ।’

प्रहरीका अनुसार म्यादीको पोशाकमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्रहरी होइनन् । ती भाइरल हुने युवक कपिलवस्तु बाणगङ्गा नगरपालिका–४ का नवराज रेग्मी हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले पक्राउ गरिसकेको छ । रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको पोशाक लगाएर भिडियो बनाएको खुलेको छ ।

प्रहरीले पुरणसँग समेत पोशाकबारेमा सोधपुछ गरी युनिफर्म दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । म्यादीको युनिफर्म दुरुपयोग गरेर कानुन कार्यान्वयन गर्न सहयोग गर्ने तालिम लिएर गैरकानुनी कुरामा उक्साएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.