वाणिज्य बैंकले सशस्त्रका कर्मचारीलाई बिनाधितो १५ लाखसम्म कर्जा दिने

  २०७९ वैशाख १४ गते १७:३०     विकासन्युज

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सशस्त्र प्रहरी कर्मचारीहरूको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा कारोबार लगायत बैंकिङ सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको प्रमुख आतिथ्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा वैशाख १४ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरूले पाउने तलब भत्ता तथा आर्थिक सुविधाहरू अनिवार्य रुपमा बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने नेपाल सरकारको नीति अनुरुप भएको सो सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीहरुले बिनाधितो ५ वर्षका लागि अधिकतम १५ लाख सम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरू समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् ।

वाणिज्य बैंकको हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिङसहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.