अर्थतन्त्र गम्भीर मोडमा छ, ठूलो दुर्घटना हुन सक्छ : पूर्वगभर्नर

  २०७९ वैशाख १४ गते १६:२९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलकबहादुर रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवका विशेष अतिथिको रुपमा उपस्थित पूर्वगभर्नर रावललले विश्व अर्थतन्त्रलाई विभिन्न समयमा मार परेको तथा विश्व व्यापारमा केही नकारात्मक असर परेको हुँदा यसको प्रभाव नेपालमा पनि रहेको बताएका हुन् ।

उनका अनुसार नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बेला सरकारले गर्नुपर्ने काम गर्न सकेको छैन  । साथै, व्यवसायीले अपेक्षा गरेका सुविधा नपाइरहँदा राष्ट्र बैंकले केही राहत दिएको बताएका छन् । अर्थतन्त्रका सुचकहरू  हेर्दा सचेत रहने बेला आएको बताउँदै चिन्ता व्यक्त गरेका छन् ।

‘एक वर्षको बजेटभन्दा बढी व्यापार घाटा हुने बेला आयो, भुक्तानी सन्तुलनको अवस्था र चालु खाताको अवस्था खस्किदो छ, कुनै पनि सुचक सन्तोषजनक छैन,’ उनले भने ।

साथै नेपालमा स्थानीय उत्पादनमा प्राथमिकता दिँदा नेपालमा अर्थतन्त्रमा टेवा पुग्ने भन्दै उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.