पूर्वगभर्नर तिलकबहादुर रावललाई सम्मान

  २०७९ वैशाख १४ गते १५:२०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६७औं वार्षिक उत्सवमा विभिन्न समयमा उत्कृष्ट कार्य गरेका कर्मचारीहरूलाई सम्मान गरेको छ ।

वार्षिकोत्सवको अवसरमा नेपालको अर्थतन्त्र विकासमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पूर्वगभर्नर तिलकबहादुर रावललाई सम्मान गरेको छ । उनी आजको कार्यक्रमको विशेष अतिथि पनि हुन् ।

साथै सेवा निवृत प्रशंसापत्रबाट १० कार्यकारी निर्देशकहरूलाई पनि सम्मान गरेको छ । सम्मानित हुने कार्यकारी निर्देशकहरूमा जनक अधिकारी (स्वर्गीय), भिष्मराज ढुङ्गाना, झलक शर्मा आचार्य, नारायणप्रसाद पौडेल, नरबहादुर थापा, सुनिल उदास, सरिताभट्ट अधिकारी, लझ्मी प्रपन्न निरौला, महेश्वरलाल र भुवन कँडेल छन् ।

पुरस्कृत भएका सबै कार्यकारी निर्देशकहरू २०७६ सालपश्चात् सेवा निवृत भएका बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.