अब आर्थिक गतिविधि चलायमान हुन्छ : डेपुटी गभर्नर मिश्र

  २०७९ वैशाख १४ गते १४:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले अब आर्थिक गतिविधिहरु चलायमान हुने बताएका छन् । उनले पछिल्लो समय कोरोना संक्रमणको दर कम हुँदै गएकोले अब आर्थिक चलायमान हुने विश्वास व्यक्त गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवमा बोल्दै उनले सो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले बाह्य क्षेत्रमा दवाव रहेको र यसको समस्या समाधान गर्न राष्ट्र बैंकले सक्दो गरिरहेको बताएका छन् ।

साथै, कोभिडले कार्यक्रम आयोजना नहुँदा धेरै समस्या भएको पनि उनको भनाई छ ।

वित्तीय क्षेत्रमा सर्वसाधारणको पहुँच बढाउन आवश्यक रहेको बताउँदै उनले राष्ट्र बैंकले नीति नियम अपस्था र परिस्थिति अनुसार कार्य अगाडि बढाइरहेको समेत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.