प्रुडेन्सियल इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयर पारित

  २०७९ वैशाख ११ गते १३:५४     विकासन्युज

काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं साधारण सभा आज दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ ।

साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिले प्रस्तावको कम्पनीको बीसौं वार्षिक साधारणसभाबाट ७ प्रतिशत बोनस सेयर र ०.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ ।

साविक १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० चुक्तापुँजीबाट बोनश सेयरपश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब १८ करोड ८१ लाख ४४ हजार ८१९ हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.